सनसिटी ब्लक एमा पहिलो चरणको रिपोर्ट नेगेटिभ

suncitys 1
लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। काठमाडौको सनसिटी अपार्टमेण्टको ब्लक एमा आज गरिएको र्‍यापिड टेष्ट, आरडिटी नेगेटिभ पाइएको छ। दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको अपार्टमेण्टमा काम गर्ने सहयोगीहरुमा समेत कोरोना संक्रमण नेगेटिभ पाइएको छ।

पहिलो चरणको परीक्षण नेगेटिभ पाइएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएपछि अपार्टमेण्टमा बस्दै आएकाहरुले भारतमा जस्तै घण्टी र ताली बजाएर खुसी मनाएका छन्। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ आज बिहान ९ बजेदेखि र्‍यापिड टेस्ट (आरडीटी) शुरु गरिएको थियो।अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण गरिएको थियो ।

अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरेको थियो। स्वास्थ्य सेवा विभागको टोली बिहान ९ बजे अर्पाटमेन्ट पुगेको थियो। अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरुको परीक्षण गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्