कोरोना भाइरसबाट २० लाख भन्दा बढि संक्रमित

corona world
लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। विश्वभर महामारीका रुपमा फैलिएको, कोरोना भाइरसको संक्रमणबाट हालसम्म १ लाख २६ हजार ७७९ जनाले ज्यान गुमाएका छन्। भाइरसबाट २० लाख ९९३ संक्रमित भएका छन। संक्रमितमध्ये चार लाख ८४ हजार ९४५ जना उपचारपछि निको भएर घर फर्किएका छन्। विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ८९ हजार २०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ६०९ जनाको अवस्था गम्भीर छ।

बितेको २४ घण्टाको अवधिमा मात्रै ७३ हजार ३२ नयाँ संक्रमित थपिएका छन्। ६ हजार ९२० जनाको ज्यान गएको छ।सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २६ हजार ६४ पुगेको छ। अमेरिकामा एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १४ हजार ३ सय बढी पुगेको छ। अमेरिकामा संक्रमितमध्ये ३८ जार ८२० जना उपचारपछि निको भएका छन्। १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४७ हजार ६१० जना उपचाररत छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्