काठमाडौं, ३ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ कोरोना भाइरसको फैलावट रोक्ने काम गर्न असफल भएको आरोप लगाएका छन। जब कोरोना भाइरस संक्रमण चीनबाट सुरु भयो, संयुक्त राष्ट्र संघको यो संगठनले यसको बास्तविक आकडाँ लुकाएको र यसलाई सम्हाल्न असफल भएको उनले आरोप लगाएका हुन। ट्रम्पले डब्ल्यूएचओको जवाफदेहीता तय गर्नु पर्ने बताएका छन। यसभन्दा अघि ट्रम्पले डब्ल्यूएचओलाई चिनियाँ दर्जा दिएका थिए।
अमेरिका कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको छ। हालसम्म २ ५ हजार भन्दा बढी मानिस आफ्नो ज्यान गुमाइसकेका छन् र ५ लाख ९२ हजार भन्दा बढि मानिस संक्रमित छन्। अमेरिकामा देश भित्रको महामारीलाई रोक्न कुनै काम नगरेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना हुने गरेको छ।
अमेरिकाले डब्ल्यूएचओलाई सबैभन्दा बढी रकम प्रदान गर्दछ। गत वर्ष अमेरिकाले डब्ल्यूएचओलाई ४० करोड डलर दिएको थियो। ह्वाइट हाउसको रोज गार्डनमा बोल्दै ट्रम्पले उनी देशमा सबै चीज सामान्य बनाउनका लागि काम गरेको बताए। ट्रम्पले भने, ‘म चाँडै सबै ५० गभर्नरहरुसंग कुरा गर्नेछु। सबै राज्यका गभर्नरहरुलाई कामको जिम्मेवारी दिइनेछ।’
भाइरसको संक्रमण रोक्न डब्ल्यूएचओको भूमिकाको समीक्षा गर्ने पनि ट्रम्पले बताए। कोरोना भाइरस संसारभर फैलिएपछि ट्रम्पले डब्ल्यूएचओलाई दिदै आएको रकम रोक्न निर्णय गरेका छन। यसभन्दा अघि ट्रम्पले संयुक्त राष्ट्र संघलाई दिइने रकममाथि पनि प्रश्न उठाएका थिए। अमेरिकालाई ग्लोबल क्लाइमेट एग्रीमेन्टबाट अलग गरे। विश्व व्यापार संगठन पनि ट्रम्प द्वारा लक्षित गरीएको छ। ट्रम्पले भने, ‘अमेरिकाले प्रतिवर्ष ४० देखि ५० करोड डलर दिन्छ तर चीनले ४ करोड डलर दिन्छ। यदि डब्ल्यूएचओले चीन गएको थियो र कोरोना भाइरसको त्यहाँको स्थितिको देखेको थियो भने परिस्थिती आजको जत्तिको डरलाग्दो हुने थिएन।’ -बीबीसी हिन्दी



लोकपाटी न्यूज

