दक्षिण एसियामा कोरोनाको स्थिति कस्तो छ ?

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, २ बैशाख। कोरोना भाइरसको महामारीले विश्वका २ सय १० वटा देशलाई आक्रान्त बनाएको छ। चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा पहिलो पटक देखिएको कोभिड १९ को असर पछिल्लो समय दक्षिण एसियामा पनि देखिएको छ।

सुरुका दिनमा खासै संक्रमित नदेखिएको छिमेकी भारतमा पनि पछिल्लो समय संक्रमितको संख्या तीव्र रुपमा बढेको छ। एक महिनाभित्रै भारतमा १० हजार भन्दा धेरै संक्रमित भइसकेका छन्। यस्तै मंगलबारसम्म १ लाख २१ हजार ७ सय ४ को मृत्यु भइसकेको छ । ४ लाख ६० हजार १ सय ११ जना भने उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये ५१ हजार ५८ जनाको अवस्था गम्भीर छ।

दक्षिण एसियामा कस्तो छ अवस्था ?

नेपालमा जम्मा परीक्षण ६ हजार २ सय ९९ भएको छ भने पुष्टि भएका संक्रमितको संख्या १६ रहेको छ। एक जना निको भएर घर फर्किएका छन् भने सिकिस्त बिरामी अहिलेसम्म खुलेको छैन।

भारत
जम्मा परीक्षण : २०६२१२
जम्मा संक्रमित : १०५४१
मृत्यु हुनेको संख्या : ३५८
निको भएको संख्या : १२०५
सिकिस्त बिरामी स् (नखुलेको)

पाकिस्तान
जम्मा परीक्षण : ६९९२८
जम्मा संक्रमित : ५८३७
मृत्यु हुनेको संख्या : ९६
निको भएको संख्या : १३७८
सिकिस्त बिरामी : ४६

 भुटान
जम्मा परीक्षण : ११६६
जम्मा संक्रमित : ५
मृत्यु हुनेको संख्या : ०
निको भएको संख्या :२
सिकिस्त बिरामी : (नखुलेको)

माल्दिभ्स
जम्मा परीक्षण : (नखुलेको)
जम्मा संक्रमित : २०
मृत्यु हुनेको संख्या : ०
निको भएको संख्या : १४
सिकिस्त बिरामी : (नखुलेको)

 श्रीलंका
जम्मा परीक्षण : ४५२५
जम्मा संक्रमित : २१९
मृत्यु हुनेको संख्या : ७
निको भएको संख्या : ६१
सिकिस्त बिरामी : १

बंगलादेश
जम्मा परीक्षण : १३१२८
जम्मा संक्रमित : १०१२
मृत्यु हुनेको संख्या : ४६
निको भएको संख्या : ४२
सिकिस्त बिरामी : १

अफगानिस्तान

जम्मा परीक्षण : (नखुलेको)
जम्मा संक्रमित : ७१४
मृत्यु हुनेको संख्या : २३
निको भएको संख्या : ४०
सिकिस्त बिरामी : (नखुलेको)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्