तुलसीपुर,२ बेशाख। दाङको तुलसीपुर तर्फ आइरहेको एम्बुलेन्स सहित नक्कली बिरामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिरामी बोक्ने एम्बुलेन्स सहित ४ जना नक्कली बिरामी सल्यानमा पक्राउ परेका हुन्।अर्कै व्यक्तिको बिरामी पुर्जा लिएर रा १ च ५१२ नरबरको एम्बुलेन्समा तुलसीपुर आउँदै गरेका लमही नगरपालिका–३ नारायणपुर बस्ने २९ बर्षका मिनराज सुवेदी, २३ बर्षको दिप्तु चौधरी, १८ बर्षका रबिन चौधरी र चालक शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ३० बर्षका गिरीराज खत्रीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बादेले जानकारी दिएका छन्।
मानव परोपकार तथा समाज कल्याण केन्द्रद्धारा संचालित एम्बुलेन्सले उनिहरुलाई रुकुम पश्चिमबाट तुलसीपुर ल्याउँदै थियो। प्रकाश बुढाको नामको बिरामी पुर्जा लिएर आउँदै गरेको एम्बुलेन्स सहित चालकलाई प्रहरीले गएराति सल्यानको बाङ्गेलाकुरी स्थित सिमखोली प्रहरी चौंकीको चेकप्वाईन्टबाट नियन्त्रणमा लिएको हो।



लोकपाटी न्यूज

