नारायणकाजी श्रेष्ठसँग किन तर्सिए डा. बाबुराम भट्टराई ?

baburam-narayan-kaji
लोकपाटी न्यूज

काठमाडौं। नारायणकाजी श्रेष्ठले देश विषयम परिस्थितिमा भएको बेला आफूले एक वर्षको तलब नलिने घोषणा गरेपछि उनको चौतर्फी तारिफ भयो। यो घोषणाले अन्य समकक्षी नेताहरूलाई एक प्रकारको नैतिक दवाब पनि दियो।

नारायणकाजीले घोषणा गरेका थिए, ‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ। यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी बिपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्यकेजका लागि दिने घोषणा गर्दछु।’

तर भोलिपल्टै बाबुराम भट्टराईले प्रश्न उठाए, ‘तलब नलिने ठूला नेताको जीवन कसरी चल्छ ?’ पपुलर पोलिटिक्स गर्न सबैभन्दा माहिर मानिस हुन डा. बाबुराम। तर यसपटक उनलाई धेरैले उनकै ट्विटरमा गाली गरेका छन्। कतिपयले प्रधानमन्त्री भएको बेला उनको तलब नलिने घोषणालाई स्मरण गर्न पनि सुझाव दिएका छन्।

बाबुरामले लेखका छन्, ‘प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब/भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो। त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरू (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने) को बिलासी रहन सहन र चुनावको खर्च कसरी चल्छ, त्यो पनि बताउँदा राम्रो होला कि ?’

एकजना त भन्छन्, ‘तपाइको प्रश्न तपाइलाई नै सुहायो।’ यत्तिकैमा एउटा टिप्पणीमा भनिएको छ त्यो हो ‘काजी फोबिया।’ के बाबुराम भट्टराईलाई काजी फोबिया भएकै हो त ? बाबुराम बिना आधार प्राय बोल्दैनन्। तर नारायणकाजीको प्रसङ्गमा उनी बिनाआधार बोलि रहन्छन्।

यसको ताजा उदाहरणका रुपमा सरकारले लकडाउन गर्दा एसइई पनि रोकिएपछिको बाबुरामको अभिव्यक्तिलाई लिन सकिन्छ। उनले यसको दोष पनि नारायणकाजीलाई नै लगाएका थिए। जुन कुरासँग नारायणकाजीको कुनै सरोकार नै थिएन।

२०७४ को संघीय निर्वाचनमा गोरखा–२ बाट नारायणकाजी श्रेष्ठ झिनो मतले पराजित भएका थिए। डा. बाबुराम भट्टराई कांग्रेस गठबन्धनको साझा नेताका रुपमा चुनाव लडेका थिए। यता नारायणकाजी श्रेष्ठ नेकपाका उम्मेदवार थिए। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन नसक्दा र नेकपाका नेताहरुको एकतावद्ध पहल नभएका कारण नारायणकाजीले हार्नुपरेको विश्लेषण त्यतिबेलै गरिएको थियो।

निर्वाचनयता नारायणकाजीको प्रसंग लिएर बाबुरामले निरन्तर आक्रमण गर्दै आएका छन्। चुनाव जितेपछि गोरखाका कांग्रेससँग बाबुरामको सम्बन्ध बिग्रिएको र आगामी चुनावमा गोरखा–२ मा श्रेष्ठले कब्जा जमाउन सक्ने भयका कारण बाबुराम लगायत नारायणकाजीमाथि खनिएको टिप्पणी गर्नेहरु पनि छन्। यथार्थ जेहोस्, तर बाबुराम नारायणकाजीसँग बारम्बार झस्किँदै आएको उनका टिप्पणीहरुबाट बुझ्न कठिन छैन।

Screenshot_20200414-095701_Twitter_HDLGVhE6F5