काठमाडौं, २ बैशाख। सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परिक्षण आजैबाट सुरू गरिएको सरकारले बताएको छ। पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जना संकास्पद मध्ये २ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाकी एकजनामा भने कोरोना संक्रमण नदेखिएको बताएको छ। लण्डनबाट आइ उत्त अपार्टमेन्टमा बस्दै आएका उनिहरुको बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ बर्षिया पुरुष र ८१ बर्षिया महिलामा कोरोना पोजेटिभ गरिएको थियो। पीसीआरबाट थप परिक्षण गर्दा समेत उनिहरुमा पोजेटिभ रिपोर्ट देखिएको हो ।
उक्त अपार्टमेन्टमा बस्ने सबै व्यक्तिहरुको कोरोना परिक्षण आजैबाट सुरू गरिएको मन्त्रालयले बताएको छ ।




लोकपाटी न्यूज