लकडाउनको बीचमा प्रदेश २ को सार्वजनिक विदा

लोकपाटी न्यूज

काठमाडौं, २ बैशाख। मंगलबार सार्वजनिक विदा दिने निर्णय प्रदेश नम्बर २ सरकारले गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा प्रदेश नम्बर २ सरकारले भने आज सार्वजनिक विदाको घोषणा गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विज्ञप्ति जारी गर्दै जुड शितल पर्वको अवसरमा प्रदेशले सार्वजनिक विदा दिने घोषणा गरेका हुन।

विज्ञप्तिमा भनिएको छ, ‘ प्रदेश सरकार उच्च मनोबलका साथ साधन स्रोत तथा जनशक्तिको अधिकतम उपयोग गरी यो महामारीको मुकाविल गर्न लागि परेको छ। यस्तोमा सरकारद्वारा जारी हुने निर्देशन तथा सुझावहरुलाई पालना गर्दै यो पर्व सामाजिक दुरी कायम गरी मनाउनु हुन सम्पूर्ण प्रदेशवासीसँग आग्रह गर्दछु। साथै आज २०७७ वैशाख २ गते जुड शितल पर्वको उपलक्ष्यमा प्रदेश सरकारद्वारा सार्जजनिक बिदा गरिएको सबैमा जानकारी गराइन्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्