काठमाडौं, २ बैशाख। सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ। एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ।
सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ। बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।
पेप्सीकोलास्थित सनसिटीमा अपार्टमेन्टमा पाँचवटा विल्डिङ छन्। अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए। र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ। त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । उनीहरु २८ दिनअघि बेलायतबाट नेपाल फर्किएका थिए।



लोकपाटी न्यूज

