काठमाडौं,२ वैशाख। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। र्यापिड डाइगोस्नोटिक टेस्टको क्रममा एन्टीबडी पोजेभिट देखिएपछि सोमबार उनिहरुलाइ पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।
उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए ।अस्पतालमा भर्ना भएका आमा र छोरामा कोरोनाको संक्रमण पुष्टि भएको हो भने बुहारीको रिपोर्ट आउन बाँकी छ।



लोकपाटी न्यूज