काठमाडौं, २ बैशाक। बलिउड बादशाह शाहरुख खानले स्वास्थ्यकर्मीका लागि २५ हजार थान पर्सनल पीपीई सेट सहयोग गरेका छन्। खानले महाराष्ट्रको फ्रन्टलाइनमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुका सुरक्षाका लागि २५ हजार पीपीई किट दिएका हुन।
यसको जानकारी महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले ट्वीट गरेर दिएका हुन् । उनले भनेका छन्, ‘ तपाईंको यस सहयोगले स्वास्थ्यकर्मीका लागि ठूलो अर्थ राख्छ। यसले हामीलाई कोरोनाविरुद्धको अभियानमा निकै अघिसम्म पुग्न सहयोग गर्छ भन्ने आशा राखेका छौं।’ मुख्यमन्त्रीले केन्द्र सरकारसँग एन९५ मास्क, पीपीई र ग्लब्स जस्ता सुरक्षा सामग्री उपलब्ध गराइदिन अनुरोध गरेका थिए।
स्वास्थ्यमन्त्रीको ट्वीटमा जवाफ दिँदै शाहरुले धन्यवाद व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘किट मगाउनमा तपाईंले जुन सहयोग गर्नुभयो, त्यसका लागि आभारी छु।’



लोकपाटी न्यूज

