भारतमा वैशाख २१ सम्म लकडाउन लम्ब्याइयो

modi
लोकपाटी न्यूज

काठमाडौं, २ बैशाक। भारतमा आउँदो मे ३ तारिखसम्म लकडाउन लम्ब्याइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देशको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने घोषणा गरेका हुन्। कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन आज पूरा हुँदै छ।मंगलबार भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन थपिएको जानकारी गराए । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार  सकिँदै छ ।

देशमा जारी लकडाउन थप्ने कि नथप्ने विषयमा प्रधानमन्त्रीले देशका कोरोना प्रभावित विभिन्न राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै आइरहेका थिए । उनलाई कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए । ‘देशवासीको तपस्या र त्यागका कारणा भारतमाकोरोनाका कारण हुने क्षतिलाई धेरै हदसम्म रोक्न सफल भएका छौं’, उनले भने, ‘सबैको सुझावलाई ध्यानमा राख्दै लकडाउनलाई मे ३ तारिखसम्म बढाउने निर्णय सरकारले लिएको छ ।’ पछिल्लो समय भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । अहिलेसिम्म भारतमा कोरोना भाइरसका कारण ३५८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ४५३ जना संक्रमित भएका छन् । सोमबार मात्रै भारतमा २७ जनाको मृत्यु भएको छ भने १ हजार २४८ जना थप नयाँ संक्रमित फेला पेरका छन् ।