सीके राउतले घन्टी बजाए

Ck raut
लोकपाटी न्यूज

काठमाडौं, २ बैशाक। कोरोना भाइरसविरूद्ध एकताको सन्देश दिन भन्दै सीके राउतले घण्टी बजाएका छन्। जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउतले विहान ७ बजे ७ मिनेटसम्म घण्टी बजाएका हुन्। जनमत पाट्रीले कोरोना भाइरसविरूद्ध लडिरहेका चिकित्सक, सुरक्षाकर्मीसहितलाई धन्यवाद ज्ञापन गर्न र एकताको सन्देश दिन घन्टी बजाउन आव्ह्यान गरेको थियो ।

सोही आव्ह्वान बमोजिम उनका नेता तथा कार्यकर्ताहरुले ताली, थाली, शंख, घन्टी, सिटी, ढ़ोल, मादल बजाइएका थिए। उनले भाइरसबाट जोगिन साबुन पानीले हात धुन, यथासम्भव घरभित्रै बस्न, लकडाउनको पालना गर्न तथा बाहिर निस्किनै परे भौतिक दूरी बनाएर मात्रै निस्किन पनि अपिल गरेका छन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्