भारतमा कोरोनाका कारण मर्नेको संख्या ३२४, मोदीले आज संबोधन गर्दै

modi
लोकपाटी न्यूज

काठमाडौं, २ बैशाक। भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२४ पुगेको छ। त्यस्तै भाइरसबाट संक्रमितको संख्या ९ हजार २७ पुगेको छ। ९७९ कोरोना संक्रमित भने उपचार पछि स्वस्थ भइसकेका छन् ।

दिल्ली र महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ। दिल्लीमा आजसम्म सबैभन्दा धेरै सोमबार ३५६ जनामा कोरोनाको संक्रमण देखिएको छ। अब दिल्लीमा मात्रै संक्रमितको संख्या एक हजार ५१० पुगेको छ। दिल्लीमा मात्रै कोरोनाले २८ जनाको मृत्यु भइसकेको छ ।महाराष्ट्रमामा एक हजार भन्दा धेरै कोरोना संक्रमित छन् ।

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा संबोधन गर्ने भएका छन। अहिले विहान १० बजे मोदीले संबोधन गर्ने कार्यतालिका रहेको बीबीसी हिन्दीले जनाएको छ । भारतमा आज लकडाउनको अन्तिम अर्थात २१ औं दिन हो ।