एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि सनसिटी अपार्टमेन्टमा सिल गरियो

suncitys 1
लोकपाटी न्यूज

काठमाडौं, १ बैशाख। काठमाडौंस्थित पेप्सीकोलामा रहेको एक सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ। प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ।

अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन। उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ। प्रहरी स्रोतका अनुसार, ‘त्यहाँभित्र पाँचवटा टावर छन्, एउटा टावरमा सयवटा परिवार फ्ल्याट छन्, अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन। कतिपय परिवार बाहिर गइसकेको हुन सक्छ।’

र्‍यापिड डायग्नोस्टिक टेष्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ। पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार्र यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो।

उनले भने ‘परिवारका तीनजनालार्ई यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ।’ उक्त तीन जनाको परिवार चैत ५ गते बेलायतबाट आएको थाहा भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्