सप्तरी, १ बैशाक। लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले लाठीचार्ज गर्दा एक बृद्धाको मृत्यु भएको छ। सप्तरी जिल्लाको खडक नगरपालिका६, वीरपुरमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले गरेको लाठीचार्जमा परेपछि वृद्धाको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया जैनव कुजर्नी खातुन रहेकी छन्।
वीरपुर चोकमा बसिरहेका युवामाथि प्रहरीले सोमबार बिहान ११ बजे लाठीचार्ज गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार आफ्नो छोरामाथि लाठी प्रहार गरिरहेको देखेर चिच्याउँदै दौडेकी एक वृद्धालाई प्रहरीले दुई लाठी हानेपछि तत्काल बेहोस् भएकी थिइन । उनको उपचारको क्रममा मृत्यु भएको हो। तर प्रहरीले भने युवालाई एकदुई लाठी हाने पनि महिलामाथि कसैले लाठी प्रहार नगरेको बताएका छन्। अहिले शवलाई राजविराज अस्पतालमा राखिएको छ। स्थानियहरु अहिले मृतकका परिवारको क्षतिपूर्ती दिनुपर्ने माग गरिरहेका छन।



लोकपाटी न्यूज