थर्मल गन नहुदा समस्या

लोकपाटी न्यूज

अर्घाखाँची, १ बैशाख। जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन्। जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ। यात्रु तथा अन्यको तापक्रम नाप्न प्रयोग गरिने थर्मल गन बिग्रिएपछि चार दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए। अर्घाखाँची अस्पतालमा रहेको थर्मल गन पनि बिग्रिएको छ।

अहिले थर्मोमिटरले ज्वरो नाप्नुपरेको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले बताए। थर्मल गनकाठमाडौँबाट मगाइएको र एकदुई दिनमा ल्याइपु¥याइने गौतमको भनाइ छ। शीतगंगा १२ डोहटेमा कोरोना भाइरस सहायता कक्ष स्थापना गरेर जिल्ला प्रवेश गर्नेहरुको तापक्रम नाप्ने काम हुँदै आएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्