कैलालीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

कैलाली, १ बैशाख। कैलालीमा थप १ जना कोरोना संक्रमण भएको पुष्टि भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका- १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। उनलाई लम्किचुहा नगरपालिका बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको थियो।

र्‍यापिड टेस्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो। अहिले सक्रमित महिलालाई सेती प्रादेशिक अस्पताल लगिएको छ। योसँगै कैलालीमा मात्रै कोरोना संक्रमितको संख्या ५ पुगेको छ भने नेपालमा संक्रमितको संख्या १३ पुगेको छ।आइतबार वीरगञ्जमा ३ जनालाई कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या १२ पुगेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्