काठमाडौं, १ बैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एक बर्षको पारिश्रमिक बिपन्न बर्ग केन्द्रित आर्थिक राहात प्याकेज तथा कोभिड-१९ कोषमा जम्मा गर्ने भएका छन्। समाजीक सञ्जाल ट्वीटरमा एक ट्वीट गदै उनले यस्तो घोषणा गरेका हुन।
अहिले कोभिड-१९ र उत्पन्न सँकटको सामना गरिरहेका बताउदै उनले यसबेला सबैले एकताबध्द भई आ-आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी रहेको बताएका छन। उनले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रित आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका हुन।




लोकपाटी न्यूज