नयाँ बर्षको शुभकामना : विश्व कोरोनाबाट मुक्त होस् !!

Dr achutshali ghimire
लोकपाटी न्यूज

डा.अच्युत शाली घिमिरे

कोरोना भाइरसले विश्व आक्रन्त हुदैछ,ए हरि
पार पाउछन् मनुष्यले यो रोगबाट कसो गरि।
चाईनामा उब्जियो घुम्यो युरोप अमेरिका,अब भारत आउन आतुर!
आफै सृष्टि गर्ने अकालैमा मार्ने प्रभु,यो अन्याय होइन र ?।।

 

के के गरौला र देखौला भनि मानिसले सपना लिए अपार
नासिदाँ बन्धु इष्टमित्र,खै आज निस्सार लाग्दैछ संसार।
खोज गरे अनुसन्धान गरे,देखिएन विज्ञानको कौसल
मानिसलाई सखाप पार्ने,यो आतंक देखि हुन्छु म पागल।।
ठुला ठुला युद्ध जित्यो संसारले,आखिरी भाइरस कै शासन
थुपार्यौ आणविक हतियारहरु खै त्यस्को के प्रयोजनरु।
अमेरिका युरोप पनि ग्रस्त भए,आखिर विकसित भईकन
मानिस कै चोला नरहेपछि अब त्यो कागजको पैसा के काम लौ भन ?।।
हे नेपाल सरकार,यो विपतमा तिमी विचलित भयौ किनरु
हौसला देउ स्वास्थ्यकर्मी तयार छन् बचाई बिरामी आफूलाई गुमाउन।
सुतिरहेका छौ भने यदि, लौ सरकार अब त उठ
लकडाउनले अभाव होला सहकार्यमा जुट।।

 

बुझ्नुपर्छ यो विपतमा, मानवताको ज्ञान सर्वोपरी छ आखिर
जुध्दैछन् स्वास्थ्यकर्मी भाइरस संग आखिर देशको खातिर।
सरकारको नियम उल्लंघन गरि जो मानिस बाहिर डुल्दछ
अनुशासित नबसे जोगिदैनौं हामी,सारा जीवन व्यर्थ छ।
अस्तव्यस्त भो संसार बढ्दै छ पीर चारैतिर
कहिले सम्म हुने होला यो दिनचर्या हाम्रो अस्थिर।
नयाँ वर्षको यहि छ कामना, विश्व कोरोना मुक्त होस्
हाँसो खुशी फेरि छाओस्,जीवन प्रेरणाले युक्त होस्।।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्