अत्यावश्यक औषधिहरूको उत्पादनमा आत्मनिर्भर बनौं : मन्त्री ढकाल

BhanuBhaktaDhakal
लोकपाटी न्यूज

काठमाडौं, ३० चैत। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रालि का तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट (Hydroxychloroquine Sulfate Tablets) बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकियोस् भनेर काम गर्नुपर्ने बताए।

मन्त्री ढकालले सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक वतावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताए। उनले भने ‘औषधिहरू पर्याप्त उत्पादन गर्नुस्, उत्पादन गर्ने कुरामा कठिनाइ छन् भने ती कठिनाइ हटाउनका लागि सरकार तपाईहरूको साथमा हुन्छ।’ ‘तपाईहरू जस्तै व्यवसायी जो यो क्षेत्रमा लाग्नु भएको छ राज्यले उहाँहरूको संरक्षण गर्ने विकास गर्न सहयोग पुर्याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथी लाग्छौँ।’ उनले भने ‘अफ्ठेरोमा सहयोग गर्नुभएको छ योप्रति त आभार नै छ। भोलिको दिनहरूका लागि पनि औषधि उत्पादन बढाउनेगरी लाग्नुस् सरकार पूर्ण रूपमा तपाईहरूको साथमा हुन्छ ।’

उनले सबै मन्छेहरूको परीक्षा अफ्ठेरोमा हुने भन्दै सजिलो बेलामा बोक्ने र सहयोग गर्नेहरू धेरै पाइने भए पनि अफ्ठेरो बेलामा राज्यको ठाउँमा हामी पनि साथै छौँ भन्ने मान्छेहरू थोरै पाइने बताए। उनले उद्योगको तर्फबाट प्राप्त सहयोगका निम्ति सरकारको तर्फबाट प्रशंसा व्यक्त गर्दै धन्यवाद प्रकट गरे। सो समारोहमा देउराली जनता फर्मास्यूटिकल्सका कार्यकरी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए। उनले उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए।

उनले कोरोनाको विपद् सुरू भए लगत्तै पनि विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताए। उनले उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए। उनले कोरोनाको विपद् सुरू भए लगत्तै पनि विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताए। सो समारोहमा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल सहभागी थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्