काठमाडौं, ३० चैत। लकडाउनको अवधिमा कार्गोसहित २४ अन्तरराष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले १० चैतदेखि २९ गतेसम्म २४ अन्तरराष्ट्रिय उडान भएको जानकारी दिए। यीमध्ये नेपाल वायु सेवा निगमले चीनको ग्वाङ्जाओमा गरेको २ कार्गो उडान र श्री एयरलाइन्सले शनिबार सुडानमा गरेको कार्गो उडान छन्।
यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स०को ४ तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टीटान एयरवेजको समान १–१ उडान भएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३ नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ पनि लकडाउन सुरु भएदेखि नै सबै उडान बन्द छ । करिब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए । आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान गर्छन्। विदेशीको उद्धार उडान तथा कार्गो उडानका लागि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दिनहुँजसो व्यस्त बन्यो । १४ चैतदेखि २९ गतेसम्म दैनिकरुपमै अन्तरराष्ट्रिय उडान भए। यो बिचमा आन्तरिकतर्फ पनि उल्लेख्य सङ्ख्यामा उडान भएका छन्।



लोकपाटी न्यूज