काठमाडौं, ३० चैत। निजी क्षेत्रको सबैभन्दा ठुलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई तिनुपर्ने लाभकर तिरेको छ। एनसेलले तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको हो। सुरुमा एनसेलले लाभकर तिर्नु नपर्ने तर्क गर्दै आएको थियो। सर्बोच्च अदालतले ठूला करदाता कार्यालयको निर्धारण गरे अनुसारभन्दा कम लाभकर तिर्नुपर्ने फैसला गरेको थियो। सो अनुसार एनसेलले लाभकर बुझाएको हो।
ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ । यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ। एनसेलले लाभकर तिर्नको लागि बैंकहरुबाट २० अर्ब रुपैयाँ ऋण लिएको बताएको छ। एनसेलले नेपाल इन्भेष्टमेन्ट बैंक,नबिल र ग्लोबल आइएमई बैंकबाट ४ अर्ब रुपैयाँ ऋण दिएका छन्। नेपाल बैंकबाट एनसेलले ३ अर्ब रुपैयाँ ऋण लिएको छ । हिमालयन बैंकबाट २ अर्ब ५० करोड ऋण लिएको छ। उसले सानिमा बैंकबाट ५० करोड रुपैयाँ ऋण लिएको बताएको छ।



लोकपाटी न्यूज
