आइसोलेसनमा राखिएको दुईजना अस्पतालबाट भागे

लोकपाटी न्यूज

डडेल्धुरा, ३० चैत। आइसोलेसन वार्डमा राखिएका दुइजना डडेल्धुरास्थित डडेल्धुरा अस्पतालबाट भागेका छन। उनिहरुलाई कोराना भाइरसको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो। तीन दिनअघि अस्पतालमा भर्ना भएका उनीहरू शनिबार अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

अस्पतालका अनुसार भाग्नेमा करिब ४० वर्षीया महिला र १९ वर्षीय पुरुष छन्। अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका भएको र अहिले उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ। कोभिड(१९ को आशंकामा चैत २५ गते उनीहरु अस्पतालमा भर्ना भएका थिए । दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमूना संकलन गरेको अस्पतालले जनाएको छ। उनिहरुको स्वाब परीक्षणको रिपोर्ट आउन भने बाकी रहेको अस्पतालले बतायो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्