काठमाडौं, ३० चैत। कोभिड-१९ को संक्रमणका कारण हालसम्म १४ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी दिएको छ। गैरआवासीय नेपाली संघका अनुसार कोभिड-१९ को संक्रमणकबाटबेलायत, अमेरिका र युएईमा रहेका १४ नेपालीको मृत्यु भएको हो।
संघको तथ्याङ्क अनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको हो। समितिले ६ सय ७५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको पनि बताएको छ। संक्रमितहरुमा अमेरिकामा ५०० बढी नेपाली संक्रमित छन् भने बेलायतमा १०० बढी संक्रमित रहेका छन्। यस्तै स्पेनमा १८, जर्मनीमा ४, पोर्चुगलमा २२, अस्ट्रेलियामा ९, युएईमा १०, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १ र हङकङमा १ जनामा संक्रमण पुष्टि भएको छ। अन्य देशमा पनि विवरण संकलनको क्रममा रहेको एनआरएनले जनाएको छ ।



लोकपाटी न्यूज