राँगाले हान्दा एकको मृत्यु

लोकपाटी न्यूज

खाँदबारी, ३० चैत। राँगाले हानेर एक जनाको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी नगरपालिका –११ मा एक जनाको मृत्यु भएको हो। खाँदबारी–११ आंलाका ६४ बर्षिय को तुलाराम गुरुङको राँगाले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

गोठमा राँगा बाध्न जादा सिंङ्गले हानेर उनको मृत्यु भएको हो। गुरुङको शव पोष्टामार्टमको लागि शनिबार नै जिल्ला अस्पताल खाँदबारी ल्याइएको संखुवासभा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्