नेपालमा रहेका तीन भारतीयमा कोरोना संक्रमण पुष्टि

korona test negative
लोकपाटी न्यूज

काठमाडौं, ३० चैत। वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनिहरुको पहिले हेटौंडामा परीक्षण गर्दा पोजेटिभ पाइएपछि काठमाडौं ल्याएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ चरणमा परीक्षण गर्दा पोजेटिभ नतिजा नै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।

कोरोना भाइरसको संक्रमण देखिएको उनिहरु तीनै जना भारतिय नागरिक हुन। लकडाउनका कारण नेपाल भारत सीमा बन्द भएकाले उनिहरु वीरगञ्जमै बसेका थिए। संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए। उनिहरु मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका थिए।

यससँगै नेपालमा कोभिड- १९ संक्रमितको संख्या १२ पुगेको छ। यसअघि काठमाडौंमा २, बाग्लुङमा २ र धनगढीमा ४ जना कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरु अहिले उपचाररत छन्। अर्का एकजना भने निको भएर फर्किसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्