बाजुरामा ४९ को नमूना टेष्ट नेगेटिभ

covid-19
लोकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, २९चैत। बाजुरा जिल्लामा ४९ जनाको र्‍यापीट टेष्ट गरिएको छ। ४९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाईनमा १४ दिन पूरा भएका ४९ जनाको र्‍यापीट टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए।

भारत र जिल्ला बाहिरबाट आएर क्वारेन्टाईनमा १४ दिन बसेकाहरुको र्यापीट टेष्ट कार्य सुरु गरिएको हो। पहिलो दिन मालिका माविमा ३५ जना, गौमुल गाउपालिकामा २ जना, त्रिवेणी नगरपालिकामा १० जना र बुढीगंगानगरपलिकामा २ जना गरि ४९ जनाको र्‍यापीट टेष्ट गरिएको पन्तले बताए।

रिपोट नेगेटिभ आएमा उनीरुलाई १ हप्ता होम क्वारेन्टटाइमा बस्ने गरी कागज बनाएर घर पठाउने गरेको बडिमालिका नगरपालिकाका स्वास्थ्य सयोजक टेकबहादुर खड्काले बताए। ९ वटा स्थानीय तहका १ सय १७ जनलाई क्वारेन्टान्टाइनमा राखिएका छन्। र्‍यापिड डायग्नोसिस टेष्टका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानीय तहका स्वास्थ्यकर्मी परिचालन गरिएको पन्तले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्