काठमाडौं, २८ चैत। बारपाक सुलीकोट गाउँपालिकाले कोरोना भाइरस कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ। गाउँपालिकाको चैत १८ गते बसेको बैठकले उक्त निर्णय गरेको गाउँपालिकाले शुक्रबार जारी गरेको सूचनामार्फत जानकारी दिएको हो।
उक्त कोषको आम्दानी र खर्चको विवरण आवधिक रुपमा सार्वजनिक गरी कोषको रकमलाई कोष सञ्चालन कार्यविधिले तोकेबमोजिम पारदर्शी ढङ्गले खर्च गरिने गाउँपालिकका अध्यक्ष विष्णुप्रसाद भट्टले प्रतिबद्धता जनाए।
उक्त कोषमार्फत गाउँपालिकामा महामारी व्यवस्थापनका क्रियाकलापहरुमा सहभागी हुन इच्छुक सम्पूर्ण संघ/संस्था, उद्यमी,व्यापारी व्यावसायी,राष्ट्रसेवक कर्मचारी एवं सम्पूर्ण ईच्छुकहरुका लागि ग्लोवल आई एम ई बैंक, ताकुकोट शाखामा रहेको उक्त गाउँपालिकको नाममा रहेको खाता नं (Q५०४०१००००००९) मा रकम जम्मा गरी सो को जानकारी गाउँपालिमा जानकारी गराईदिन गाउँपालिका कार्यालयले सूचनामार्फत आग्रह गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन जारी गरेको छ। लकडाउनका कारण दैनिक रुपमा ज्याला मजदूरी गरेर परिवार धान्न गाह्रो भएका बिपन्न परिवारलाई राहत दिनको लागि गाउँपालिकाले रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको हो।




लोकपाटी न्यूज

