लक्ष्मी स्टीलमा कच्चा पदार्थ बोकेका गाडी भित्रिएपछि स्थानीय आक्रोशित

picvv
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवपलपरासी, २८ चैत। पश्चिम नवपलपरासीको सुनवल नगरपालिका वडा नम्वर ७ स्थित लक्ष्मी स्टील कम्पनीमा कच्चा पदार्थ बोकेका नेपाली तथा भारतीय गाडीहरु भित्रिरहेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन्। वडा लकडाउनको स्थितिमा कम्पनी चलिरहेको र कम्पनीले कच्चा पदार्थ ल्याइरहेको भन्दै सरकारले गरेको लकडाउन गरीब, किसान र साना व्यापारीहरुलाई मात्र लागू गराई ठूला उद्योगहरुलाई छुट दिएको भन्दै स्थानियहरु आक्रोशित भएका हुन्।

कोरोनाको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको अवस्थामा भारतबाट उद्योगलाई चाहिलो कच्चा पदार्थ लगायतका सामग्री आयात भैरहदा आफूहरु निकै त्रसित भएको स्थानयीयले बताए। बिहीबार स्थानीयहरु आक्रोशित भई विरोधमा उत्रिएपछि भीडभाडलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरी ८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

जसमध्ये ३ जनालाई नियन्त्रण पश्चात छाडिएको र बाँकी ५ जनालाई अर्मादीत गतिविधि नगर्ने सहमतिमा सुनवल नगरपालका, उद्योग वाणिज्य संघ र प्रहरीको रोहोवरमा शुक्रबार छाडिएको जिल्ला प्रहरीकार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी, डिएसपि विरेन्द्र थापाले जानकारी जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्