कोरोना भाइरसको औषधी पत्ता लगेको डोनाल्ड ट्रम्पको दाबी

Donald Trump
लोकपाटी न्यूज

काठमाडौं, २८ चैत। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रभावकारी औषधी पत्ता लागेको अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन। ह्वाइट हाउसमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन। उनले ह्वाइट हाउसले बनाएको कोरोना टास्क फोर्सको नियमित प्रेस ब्रिफिङ औषधी उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी औषधि उत्पादन गरेको बताए । मानवमा परिक्षण नगरिएको उत्त औषधीको मानवीय परीक्षण चाँडै सुरु हुने पनि बताए ।

ट्रम्पले ब्रिफिङका क्रममा औषधि उत्पादक सो औषधि या उपचार पद्धतिप्रति अति नै आशावादी र उत्साही रहेको बताए। अहिले त्यसको फुड एण्ड डर्ग एड्मिनिस्ट्रेसन ले परीक्षण गरिरहेको उनले जानकारी दिए।अमेरिकामा कोरोना भाइरसका कारण १६ हजार ६ सय भन्दा बढिको मृत्यु भएको छ भने ४ लाख ६८ हजार भन्दा बढि संक्रमीत छन।