बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूबाट साधारण वार्डमा सारियो

Boris Johnson
लोकपाटी न्यूज

काठमाडौं, २८ चैत। बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट साधारण वार्डमा सारिएको छ। सघन उपचार कक्ष बाहिर निकालिए पनि जोनसन अस्पतालमै रहने डाउनिङ्ग स्ट्रिटले जनाएको छ। कोरोना भाइरस संक्रमण भएपछि गत आइतबार अस्पताल भर्ना भएका जोनसनलाई सोमबार आईसीयूमा राखिएको थियो।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मार्च २७ देखि आइसोलेसनमा बसेका जोनसनमा १० दिनसम्म पनि भाइरसका लक्षणहरू निरन्तर देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना भएका थिए। उनलाई श्वासप्रश्वासमा समस्या आएपछि आईसीयूमा सारेर अक्सिजन दिइएको थियो। साधारण कोरोना वार्डमा सारिए पनि चिकित्सकको निगरानीमा उपचार भइरहेको छ। उपचारका क्रममा उनलाई अक्सिजन दिइए पनि भेन्टिलेटरमा भने राखिएको थिएन।