डेढ घण्टामै उल्टियो सरकारको निर्णय

Passengers
लोकपाटी न्यूज

काठमाडौं, २७ चैत। काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय उल्टिएको छ। गृह मन्त्रालयले पनि भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको हो।

काठमाडौंमा अलपत्र नागरिकलाई बाहिर जाने दिने पहिले नै सहमति भएपनि आन्तरिकरुपमा नै मतभेद भएपछि सरकार पछि हटेको हो। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो।

उच्चस्तरीय समन्वय समितिको निर्णयप्रति प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै सामाजिक सञ्जाल फेसबुक स्टाट्स लेख्दै विरोध गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्