निर्मल पौडेल/ पर्वत, २७ चैत। कुश्मा नगरपालिका ४ स्थित बैशाली कृषि तथा सहकारी संस्था लिमिटेडले कुश्मा नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन तथा राहत कोषमा ९१ हजार ५ सय आर्थिक सहयोग गरेको छ।विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनका बेला अफ्ठ्यारोमा परेकाहरुलाई सहयोग होस् भन्ने उद्देश्यले सहकारीले उक्त सहयोग गरेको हो।
बिहीबार कुश्मा नगरपालिकाका नगरप्रमूख रामचन्द्र जोशीलाई सहकारीका अध्यक्ष गणेश पुन मगरले नगद रु ९१ हजार ५ सय हस्तान्तरण गरेका हुन्। सहकारीले संस्थागत रुपमा रु ४० हजार, संस्थाका अध्यक्ष गणेश पुनको तर्फबाट रु १० हजार, यसैगरी उपाध्यक्ष गुम बहादुर पुन रु ७ हजार, सचिव पृथ बहादुर पुन रु ५ हजार, कोषाध्यक्ष प्रितिमाया पुन रु ३ हजार, सदस्यहरु टेक बहादुर पुन, सन बहादुर पुन निरमाया पुन, याम बहादुर पुनबाट रु ६ हजार यसैगरी लेखा तथा सुपरिवेक्षण समितीका सदस्यहरु सुजन पुन, जसमाया पुन र चक्र बहादुर पुनबाट रु ५ हजार, सल्लाहकार सदस्यहरु जीवन पुन, क्षेत्रवहादुर पुन, रुप बहादुर खोर्जाबाट ७५ सय, पूर्व व्यवस्थापक सुदिप पुन र सम्पुर्ण ९ जना कर्मचारीको तर्फबाट रु ५ हजार गरी ९१ हजार ५ सय रुपैँया सहयोग गरेका हुन्।

सहकारीले आफ्ना सदस्य तथा पदाधिकारीसँग हातेमालो गरी संकलन भएको संयुक्त रकम हस्तान्त्रण गर्दै संस्थाका अध्यक्ष गणेश पुनले यो विषम परिस्थीतीमा तिन खम्वे नीति अनुसार सहकारी कर्मीहरु एकजुट भएर सहयोग गर्नुपर्ने बताए। यसैगरी कुश्मा नगरप्रमूख रामचन्द्र जोशीले सहकारीले गरेको सहयोग निकै सह्रानिय भएको भन्दै वैधानिक तवरबाट वास्तविक पीडित समक्ष पुर्याउने प्रतिबद्धता जाएर गरे। जोशीले सहयोगी संस्थालाई धन्यबाद दिँदै राहत कोषमा अन्य संस्था तथा व्यक्तिबाट पनि सहयोग आउने क्रम जारी रहेको जानकारी दिए। नगरपालिकाले रु ५० लाखको विपत व्यवस्थापन कोषसँगै खाद्य बैंको स्थापना गरेको छ।




लोकपाटी न्यूज
