राजेन्द्र बिक/ बाजुरा, २७ चैत। बाजुरा बुढिनन्दा नगरपालिका वडा नम्बर ९ अगाउ पानीस्थित एक घरमा आगलागी हुँदा एक बालिकाको मृत्यू भएको छ। मृत्यु हुनेमा दल बहादुर बोगटीकी ४ वर्षकी छोरी आर्सना बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता दान बहादुर रोकायाले जानकारी दिए।
घरमा खेलीरहेको समयमा घरको गोठमा राखिएको परालमा आगलागी भई बालिकोको मृत्यु भएको रोकायाले बताए।आगो स्थानीयको सहयोगमा नियन्त्रण लिइएको हो। बालिको सब पोष्टमाटमको लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ।



लोकपाटी न्यूज
