तातोपानी नाका पुनः सञ्चालनमा

Tatopani-naka
लोकपाटी न्यूज

सिन्धुपाल्चोक, २७ चैत। नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ। गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो। कोभिड १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ। अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए। -रासस।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्