काठमाडौं, २७ चैत। विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले उत्तर कोरियामा कोरोना संक्रमण नभएको बताएको छ। डब्लूएचओ’ले त्यहाँ कोरोनाको संक्रमण शुन्य भएको बताएको हो। उत्तर कोरियाले हालसम्म ७ सय भन्दा बढिको कोरोना परिक्षण गरेको डब्लूएचओले बताएको छ।
परीक्षणमा हालसम्म उत्तर कोरियामा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको डब्लूएचओ जनाइएको छ। उसले ५ सय भन्दा बढि नागरिकलाई क्वारेन्टाइनमा राखेको पनि डब्लूएचओले उल्लेख गरेको छ। उत्तर कोरिया कोरोना नियन्त्रण गर्न सफल भएको पनि डब्लूएचओ जनाएको छ। यसअघि नै उत्तर कोरियाले आफ्नो देशका कुनै पनि नागरिक कोरोना भाइरसको संक्रमण नभएको बताउदै आएको थियो।



लोकपाटी न्यूज

