काठमाडौं, २७ चैत। सरकारले अत्यावश्यक सेवा दिने निकायमा कार्यरतबाहेक घरमै बस्न भनेका राष्ट्रसेवक कर्मचारीलाई पनि काममा खटाउने भएको छ। संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागी लगाइएको लकडाउन प्रभावकारी बनाउनका लागी घरमै बस्न भनेका कर्मचारीलाई पनि काममा खटाउने भएको हो।
मन्त्रालयले एक सूचना जारी गर्दै आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहेर टेलिफोन, इन्टरनेटलगायतको प्रविधि प्रयोग गरेर घरबाटै गर्नसक्ने काम गर्न आग्रह गरेको छ। सरकारको निर्देशन पालन गर्न, कोभिड १९ प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने नबसेको पाइए वडा कार्यालय, प्रहरी प्रशासनमा खबर गर्न पनि सूचनामा भीनएको छ।
यस्तो छ संघीय तथा सामान्य प्रशासन मन्त्रालयको सुचनाः
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/04/Notices-20200408172436590.pdf” download=”all”]



लोकपाटी न्यूज

