काठमाडौं, २७ चैत। सुनचाँदी पसलमा चोरी गर्ने बाबुछोरा पक्राउ परेका छन। जिल्ला प्रशासन कार्यालय, कैलालीअगाडिको प्रिया सुनचाँदी पसलमा चोरी गर्ने बाबुछोरा पक्राउ परेका हुन। पक्राउ पर्नेमा कारागार रोड बस्दै आएका ४५ वर्षीय पप्पु गुप्ता र उनका छोरा पवन गुप्ता रहेका छन।
सुनचाँदी पसलबाट चोरी गरेको सामान गुप्ताको घरको छतमा पानीको ड्रममा लुकाई राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पसल सञ्चालक बिनोद कुमार बर्माले १० लाख बढीको धनमाल चोरी भएको बताए। पक्राउ परेका पप्पु यसअघि लागूऔषध तथा सार्वजनिक अपराधमा मुद्दामा पनि पक्राउ परेको परेका थिए। उनी चोरी भएको सुनचाँदी पसल नजिकै फलफूल, तरकारी बिक्री गर्दै आएका थिए।



लोकपाटी न्यूज

