कोरोनाको संक्रमणबाट भारतमा एकैदिन ३२ जनाको मृत्यु

corona death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, २६ चैत। भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या बढ्दै गएको छ। भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोराना भाइरसबाट ३२ जनाले ज्यान गुमाएका छन्। यो संगै भारतमा भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ६६ जना पुगेको छ।  पछिल्लो २४ घण्टामा भारतमा थप ७७३ नयाँ संक्रमण देखिएका छन। यो संगै भारतमा संक्रमितको संख्या ५ हजार ७ सय ३४ जना पुगेको छ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै भारतमा २१ दिनको लकडाउन गरिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरिएको लकडाउन बढ्नसक्ने बताएका छन्। प्रधानमन्त्री मोदीले कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दूरी लागु गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन्।