काठमाडौं, २७ चैत। काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० ले आफ्ना वडाभित्र रहेका ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने ६ सय ५३ जनालाई राहत बितरण गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का कारण देशमा लकडाउन भएको अवस्थामा समस्यामा परेकाहरुलाई बुधबार राहत प्रदान गरेको हो।
लकडाउनका कारण ज्याला मजदुरी गर्न नपाएका तथा निम्न आर्थिक अवस्थाका व्यक्तिहरुलाई वडाभित्रमा विभिन्न ३ स्थानहरुबाट राहत स्वरुप दाल, चामल साबुन, नुन तेल, चिनीलगायतका अत्याश्यक सामाग्रीहरु प्रदान गरेको हो।
वडाले संकटमा परेकाहरु तथा वडाभित्र रहेर दैनिक गुजारा चलाउन गाह्रो परेका व्यक्तिहरुलाई विषेश राहत प्याकेजको घोषणा गरी प्रदान गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा तारकेश्वर नगरपालिका वडा नम्बर १० का अध्यक्ष तथा विपद् व्यवस्थापन समितीका सदस्य विनोद पौड्यालले जानकारी दिएका छन्।
पौड्यालले यो विषम परिस्थितीमा जो जहाँ भएपनि अफ्ठयारोमा परेकाहरुलाई सबैले सक्दो सहयोग गर्नुपर्ने बताए। कोरोना प्रकोप र लकडाउनका कारण विशेष गरी दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्नेहरु धेरै मर्कामा परेकाले राज्यले यस्तो वर्गका मानिसहरुलाई विषेश किसिमको राहतको व्यवस्था गरेको पौडयालको भनाइ छ। राहत प्राप्त गरेपछि पीडितहरुले गुजारा चलाउन केही मात्रमा भएपनि सहज हुने अपेक्षा गरिएको छ।



लोकपाटी न्यूज

