काठमाडौं, २७ चैत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालै लकडाउन नहट्ने बताएका छन् । उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि आफू लकडाउन अवधि बढाउन लागेको बताएका हुन् । कोरोनाको प्रभाव विस्तार हुँदै गएपछि अहिले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गरिएको छ। भारतमा आज लकडाउनको १६ औँ दिन हो। भारतमा १४ अप्रिलसम्म लकडाउन छ। भारतले एकै पटक २१ दिनका लागि लकडाउन तोकेको थियो।
प्रधानमन्त्री मोदीले कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दूरी लागु गर्न आवश्यक रहेकोमा पनि जोड दिएका छन् । ‘यतिबेला लकडाउन खोल्न सम्भव छैन। तर सबैले सामाजिक दूरी कायम गर्नु जरुरी छु, मोदीले भने, ‘हामी राष्ट्रिय आपतकालिन समयमा जस्तै गइरहेका छौ। समय–समयमा अभूतपुर्व कदम चाल्न बाध्य बनाएको छ।’ अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७८ पुगेको छ भने ५ हजार ९१६ जना कोरोना संक्रमित भएका छन्। भारतमा कुल संक्रमितमध्ये ५०६ जना उपचारपछि निको भएका छन्।



लोकपाटी न्यूज

