कोरोना अपडेटः मृतकको संख्या ८८ हजारभन्दा बढि

लोकपाटी न्यूज

काठमाडौं, २७ चैत। विश्वका करिब १८४ देशमा देखिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८८ हजार भन्दा बढि पुगेको छ। वल्डोमिटरको तथ्यांक अनुसार कोभिड-१९ बाट विश्वभर १५ लाख १८ हजार ५१८ जना मानिस संक्रमित भएका छन्। ती मध्ये ८८ हजार ४९५ जनाको मृत्यु भएको हो।

सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा ४ लाख ३४ हजार ९२७ रहेको छ। त्यस्तै स्पेनमा १ लाख ४८ हजार २२०, इटालीमा १ लाख ३९ हजार ४२२, जर्मनीमा १ लाख १३ हजार २९६, फ्रान्समा १लाख १२ हजार ९५० तथा चीनमा ८१ हजार ८६५ संक्रमित भएका छन्।

यसैगरी कोभिड-१९ का कारण इटालीमा सबैभन्दा धेरै १७ हजार ६६९ जनाको मृत्यु भएको छ। त्यस्तै, स्पेनमा १४ हजार ७९२, अमेरिकामा १४ हजार ७८८ जनाको मृत्यु भएको छ। यसैगरी कोभिड-१९ बाट संक्रमित भएकामध्ये ३ लाख ३० हजार ५८९ जना निको भएका छन्।