काठमाडौं, २७ चैत। बेलायतमा पछिल्लो २४ घण्टामा थप ९ सय ३८ जनाको मृत्यु भएको छ। यो संगै कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ७ हजार ९७ पुगेको छ। बेलायतमा एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएका छन। हालसम्म ६० हजार ७ सय ३३ पुगेको वर्ल्डोमिटरको पछिल्लो आँकडाले देखाएको छ।
संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको स्थिती गम्भीर रहेको बताइएको छ भने १ सय ३५ जना निको भएर फर्किएका छन्।



लोकपाटी न्यूज

