मेलम्ची, २७ चैत। कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ । कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समितिको बैठकले यस्तो सिफारिस गरेको हो।
एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने प्रनाउ काफ्लेले बताए। जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ ।



लोकपाटी न्यूज