मोदी गाउँपालिकामा ४ को थ्रोड स्वाब संकलन

modi gaupalika
लोकपाटी न्यूज

निर्मल पौडेल/ पर्वत,२६ चैत। पर्वतको मोदी गाउँपालिकामा विदेशबाट फर्किएका ४ जनाको स्वाब संकलन गरिएको छ।गाउँपालिकामा चैतयता विदेशबाट फर्किएका मध्ये पहिलो चरणमा ४ जनको स्वाब संकलन गरिएको हो।

जिल्ला अस्पताल पर्वत र स्वास्थ्य कार्यालय पर्वतको एक संयुक्त टोलीले जिल्लाका गाउँपालिकामा विदेशबाट फर्किएकाहरुको स्वाब संकलन गरिरहेको छ। चैत १ गते यता विदेशबाट गाउँ आएकाहरुलाई गाउँपालिकाले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको र अहिले सम्म गाउँपालिकामा त्यस्तो संक्रमणको कुनैपनि कुनै पनि व्यक्तिमा आशंका नगरिएको र नभेटिएको गाउँपालिका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए।

विदेशबाट आउनेहरु कुनैमा त्यस्तो लक्षण नदेखिएका कारण सरकारी क्वारेन्टाइनमा नराखिएको र वडा तथा टोलहरुमा उनीहरुको तथ्याङक निकालेर निरन्तर निगरानी गरिएको प्रवक्ता लामिछानेले बताए। विदेशवाट आउनेहरुमा कोरोना संक्रमणका कुनै लक्षणहरु नदेखिए पनि हुन सक्ने जोखिमबाट बच्न तथा भाइरसको त्रासबाट मुक्त हुन स्वाब संकलनको कार्यक्रमलाई जिल्लाका हरेक स्थानीय तहहरुमा अगाडि बढाइएको पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द गिरी पहाडीको भनाइ छ।

पर्वत अस्पताल र स्वास्थ्य कार्यालय पर्वतको एक संयुक्त टोलीले आफ्नो अभियानमा कुश्मा नगरपालिकाबाट ८ जना,जलजला गाउँपालिकाबाट ९ जना र फलेवास नगरपालिकामा ८ जनाको स्वाब संकलन गरी पोखरा पठाइसकेको छ। हालसम्म जिल्लामा कुल ३६ जनाको परिक्षण गरिएकोमा २३ जनाको रिर्पोट नेगेटिभ आएको र अन्यको रिर्पोट आउन बाँकी रहेको पर्वत अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्