कैदीको उपचारको क्रममा मृत्यु

jel
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, २६ चैत। जिल्ला कारागार पश्चिम नवलपरासीमा एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा सजाय भुक्तान गरिरहेका रुपन्देहीको रानिबगिया स्थायी घर भएका वर्ष ३५ का शिवराज परियार नाम गरेका कैदीको मृत्यु भएको हो।

जन्डीसका बिरामी रहेका उनको उपचारको क्रममा बुधबार बिहान पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि विरेन्द्र थापाले जानकारी दिए। मानव बेचबिखन मुद्धामा दोषि पाइएपछि १० वर्षको जेल सजाय सुनाइएका उनलाई २०७२ साल भदौ १० परासीस्थित कारागारमा ल्याइएको थियो।

उनी बिगत १०/१२ दिनदेखि बिरामी रहेका जेलर जगत बस्नेतले जानकारी दिए। तर, उनको स्वास्थ्य अवस्थामा सुधार आए पनि आज बिहान एक्कासी स्वास्थ्य अवस्था गम्भिर भएपछि अस्पताल लगिएको बस्नेतले बताए।अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जेलर बस्नेतले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्