काठमाडौं, २६ चैत। कोरोना भाइरसको संक्रमण फैलाउछु भन्दै धम्की दिने एक युवती पक्राउ परेक छन्। अमेरिकाको टेक्ससकी १८ बर्षे युवतीलाई प्रहरी पक्राउ गरेको हो। उनले स्न्यापच्याटमा श्रृङ्खलाबद्ध भिडियो पोस्ट गर्दै यस्तो धम्की दिएकी सीएनएनले बताएको छ।
लोरेन मारादियागा नामकी उक्त युवतीले आफूले कोरोना भाइरसको परीक्षण गरेको तर नेगेटिभ रिपोर्ट आएको पुलिसलाई जानकारी दिएकी छन्। ‘कोही कोरोना भाइरसले संक्रमित हुनु परे मलाई बताउनुहोला,’ उनले भिडियोमा भनेकी थिइन। उनको भिडियोलाइ गम्भरतापूर्वक लिइएको प्रहरीले बताएको छ। उनलाई आतंकवादी धम्की दिएको कसुरमा डेन्टन काउन्टी जेलमा सरुवा गरेको पुलिसले जानकारी बताएको छ।



लोकपाटी न्यूज

