काठमाडौं, २६ चैत। उत्तर कोरियाले आफ्ना नागरिकलाई लसुन खाने सल्लाह दिएको छ। एक जनामा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको बताउदै आएको उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई यस्तो सुझाव दिएको हो।
उत्तर कोरियाले आफ्ना नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागी निर्देशनहरू पनि दिएको छ। उसले डाक्टरको सल्लाह विना कुनै अन्टिबायोटिक औषधीको प्रयोग नगर्न आफ्ना नागरिकहरुलाइ भनेको छ। रोग बिरोधी क्षमतामा ह्रास आउने बताउदै उसले मानिसहरुलाई रक्सी नपिउन पनि सल्लाह दिएको छ साथै, मानिसहरुलाई रोग प्रतिरोधी क्षमता बलियो बनाउन पारम्परिक तरिका पनि पालना गर्न सुझाइएको छ।
नागरिकलाई लसुन, प्याज र मह खानपानमा बढीभन्दा बडी समावेश गर्न भनेको छ। यसका साथै उत्तर कोरियाले मास्कको प्रयोग गर्न पनि सल्लाह दिएको छ।



लोकपाटी न्यूज

