विदेशमा रहेका नेपालीलाई तत्काल पर्काएर क्वारेन्टाइनमा राख्न नसकिने

pararastra mantralaya
लोकपाटी न्यूज

काठमाडौं, २६ चैत। विदेशमा रहेका नेपालीलाई सरकारले नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको बताएको छ। विभिन्न देशमा रहेका नेपालीहरु कोरोना भाइरसको संक्रमण बढ्दै जादा त्यहाँको सरकारले लकडाउन गरेपछि स्वदेश फर्किन चाहेको खबर बााहिर आए पछि सरकारले यस्तो धारणा प्रकट गरेको हो। सरकारले विदेशमा रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ। परराष्ट्र मन्त्रालयले विदेशका कूटनीतिक नियोगमार्फत नेपालीलाई आफू बसेको ठाउँमै सुरक्षित रहन आग्रह गरेको जनाएको हो।

‘कूटनीतिक नियोगमार्फत नेपालीहरूको अवस्थाबारे दैनिक विवरण लिने काम भइरहेको छ। नेपालीहरूलाई दूतावासको नजिक रहन भनिरहेका छौं।’ मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने।
उनका अनुसार मन्त्रालयले कोरोनाको संक्रमणबाट बच्न आफू बसेको देशको नीति, नियम पालना गरी सुरक्षित उपाय अपनाउन कूटनीतिक नियोगले बारम्बार आग्रह गरिरहेको छ। कतिपय नेपालीहरू फर्किन चाहेको भए पनि कोरोना भाइरसको संक्रमण विश्वव्यापी रहेककाले नेपाल फर्किनु मात्र समस्याको समाधान नभएको भन्दै कूटनीतिक नियोगले नेपालीहरूलाई निरन्तर सहजीकरण गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्